राजनीति


कांग्रेसको नजरमा सरकारको दुई वर्षः एउटै राम्रो काम भएन

कांग्रेसको नजरमा सरकारको दुई वर्षः एउटै राम्रो काम भएन

नेपालखबर
फागुन ४, २०७६ आइतबार १३:४८,

नेपाली कांग्रेसले सरकार सञ्चालनमा अनुकुल परिस्थिति हुँदाहुँदै पनि सरकारले जनअपेक्षा अनुरुपको एउटापनि काम गर्न नसकेको दाबी गरेको छ।

शनिबार संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको सरकारका दुई वर्षका कामको विवरणहरुमा कुनै सत्यता नभएको र जनअपेक्षा अनुरुपको काम पनि नभएको आरोप कांग्रेसले लगाएको छ। आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार सहज समयको सदुपयोग गर्न नसकी पूर्ण रुपमा असफल बन्दै गएको कांग्रेसको मूल्याङ्कन रहेको बताए।

उनले सरकारको अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकुल समयमा पनि आफैँले प्रतिकुल बनाउँदै गएको दाबी गरे। उनले भ्रस्टाचार बढ्दै गएको, भ्रष्टाचारमा आफ्ना मान्छे जोगाउने खेलमा लागेकोले सरकार आफैमा भ्रष्ट भन्दै गएको प्रस्ट भइसकेको बताए। उनले मुलुकमा निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको, मंहगी झनै बढेको तथा बेरोजगारको संख्या बढ्दै गएको तर्फ सरकारले ध्यान दिन नसकेको बताए।

कांग्रेसले दुई वर्षमा सरकारको आयोग्यता, असफलता र अधोगतिमा आठकोणको पहिचान गर्दै सरकार राष्ट्रियता, लोकतन्त्र, संविधान र संघीयता, शान्ति सुरक्षा, सुशासन र समृद्धि, सदाचार र भ्रष्टाचार, रोजगारी सृजना र विस्तार, सांस्कृतिक रुपान्तरणको कोणबाट पूर्ण रुपमा असफल भएको दाबी गरेको छ। सरकारले जिम्मेवार र शालिन प्रतिपक्ष पाउँदा समेत काम गर्न नसकेको प्रवक्ता शर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad