World Cup 2026


विश्वकपका शीर्ष १० प्रशिक्षक : जसले कमाउँछन् धेरै, कति लिन्छन्?

विश्वकपका शीर्ष १० प्रशिक्षक : जसले कमाउँछन् धेरै, कति लिन्छन्?

लक्ष्मी जि.सी
जेठ २६, २०८३ मंगलबार ७:२५, काठमाडौँ

फिफा विश्वकपको २३औँ संस्करण केही दिन मात्र टाढा छ।

मिति नजिकिँदै जाँदा आयोजक र सहभागी टोलीहरुको तयारी पनि अन्तिम चरणमा पुगेको छ।

पहिलो पटक ३ देशमा आयोजना हुन लागेको विश्वकपमा पहिलो पटक नै ४८ टोलीले स्पर्धा गर्दै छन्।

संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने विश्वकपका लागि समर्थक र प्रतिस्पर्धी टोलीहरुको उत्साह बढ्दै गएको छ। 

विश्वकपको ४८ टोलीको सहभागिता इतिहासमै पहिलो पटक हो। जहाँ विश्वको पावरहाउस टोली होस् वा डेब्युको पर्खाइमा रहेका टोली, प्रत्येकको सपना छ– जुलाई १९ मा न्यु जर्सीको मेटलाइफ स्टेडियममा ट्रफी उठाउने। 

विश्वकपमा सहभागी हुने टोलीले आफ्नो टिम मजबुत बनाउन प्रशिक्षकहरुलाई ठूलो रकम तिरेका छन्। विश्वकपमा सहभागी टोलीले आफ्नो राष्ट्रिय गौरवलाई अझ माथि बढाउनका लागि मुख्य प्रशिक्षकमाथि लगानी गर्न कुनै कन्ज्युस्याइँ गरेका छैनन्।

स्यालरीलिक्सले यो विश्वकपमा सबैभन्दा धेरै आम्दानी गर्ने प्रशिक्षकहरुको सूची सार्वजनिक गरेको छ। जहाँ इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेल पनि छन्। उनीसँगै अर्जेन्टिनाका लियोनेल स्कालोनीले स्पेनका लुइस डे ला फ्युएन्टेभन्दा धेरै कमाएका छन्। 

सन् २०२४ को युरो कप विजेता स्पेनले यो पटक विश्वकप उचाल्ने लक्ष्य लिएको छ। कागजी रुपमा बलियो देखिएको स्पेनले मैदानमा आफ्नो कस्तो जादु चलाउन त्यो हेर्न भने केही दिन पर्खिनुपर्ने हुन्छ। केहीले यो पटकको विश्वकप स्पेनले जित्ने दाबी समेत गरिरहेका छन्। विश्वकपमा बलियो टोलीको रुपमा देखिएको स्पेनको टोलीमा लामिन यमाल र पेड्रीजस्ता प्रभावशाली खेलाडी छन्। जो आधुनिक फुटबलमा उच्च लयमा छन्। 

तर अचम्मको कुरा पछिल्लो समय सफलताको सिँढी चढिरहेका लुइस डे ला फुएन्टे विश्वकपमा शीर्ष १० सबैभन्दा धेरै कमाउने प्रशिक्षकको सूचीमा छैनन्। 

सर्वाधिक धेरै कमाउने प्रशिक्षकको शीर्ष १० सूचीमा ब्राजिलका प्रशिक्षक छन्। फुटबलको इतिहासमा कार्लो एन्सेलोटीलाई महान प्रशिक्षकको रुपमा लिइन्छ। हाल उनैले ब्राजिलेली टोलीको कमान्ड सम्हालेका छन्। विश्व फुटबलमा सबैभन्दा धेरै तलब पाउने अन्तर्राष्ट्रिय प्रशिक्षक हुन्। 

ब्राजिलले उनलाई सन्  २०२५ मा प्रतिवर्ष ८.२८ मिलियनको सम्झौता गरेको थियो। कीर्तिमानी रकममा अनुबन्ध भएका उनले ब्राजिलको २४ वर्षको विश्वकप ट्रफी खडेरी अन्त्य गर्न सक्छन् कि सक्दैनन् हेर्न बाँकी छ। 

उनीपछि इंग्ल्यान्डका प्रशिक्षक थोमस टुचेल आउँछन्। उनले ५.६ मिलियन कमाइरहेका छन्। टुचेललाई नियुक्त गर्ने इंग्ल्यान्डको निर्णय केहीलाई मन परेन। सुरुवातमा १८ महिनाको सम्झौतामा हस्ताक्षर गरे जुन विश्वकपपछि समाप्त भयो। तर पछि २ वर्षको सम्झौता विस्तार गर्दै उनले २०२६ सम्म थपे। 

टुचेलपछि धेरै कमाउने प्रशिक्षक हुन् मौरिसियो पोचेटिनो। विश्वकप आयोजक संयुक्त राज्य अमेरिकाले टोटनह्याम हटस्पर, चेल्सी र पेरिस सेन्ट–जर्मेनका पूर्वप्रशिक्षक पोचेटिनोलाई आफ्नो टोलीको जिम्मेवारी दिएको थियो। सन् २०२४ मा टोलीको प्रशिक्षणको जिम्मेवारी लिएका उनले ४.५३ मिलियन आम्दानी गर्छन्। 

त्यस्तै, चार पटकको विश्वविजेता जर्मनीको नेतृत्व जुलियन नागेल्सम्यानले सम्हालिरहेका छन्। सन् २०२३ मा टोलीमा प्रशिक्षणको जिम्मेवारी सम्हालेका ३८ वर्षीय उनले ४.२ मिलियन आम्दानी गर्छन्।

यता पहिलो पटक टोलीलाई विश्वकपमा पु¥याएका उज्वेकिस्तानका प्रशिक्षक फाबियो क्यानाभारो सर्वाधिक धेरै कमाइ गर्ने अर्का प्रशिक्षक हुन्। उनले वार्षिक ३.५ मिलियन आम्दानी गर्छन्। उनले आफ्नो टोलीलाई पहिलोपटक विश्वकपमा पुर्याएर आफूले लिइरहेको र आफ्नो भु्मिकालाई न्याय दिलाएका छन्। 

विश्वकपमा निकै आशा गरिएको तर सधैँ उपाधिबाट टाढिएको अर्को टोली हो पोर्चुगल। पोर्चुगलले अहिलेसम्म उपाधि जितेको छैन तर रोबर्टो मार्टिनेज त्यस्ता व्यक्ति हुन् जसलाई पोर्चुगलले डक ब्रेक गर्न विश्वास गरेका छन्। उनले प्रतिवर्ष ३.५ मिलियन पाउन्ड कमाउँछन्।

धेरै आम्दानी गर्ने प्रशिक्षकको सूचीमा फ्रान्सका डिडियर डेसच्याम्प्स पनि पर्छन्। उनले वार्षिक ३.३१ मिलियन पाउन्ड कमाइ गर्छन्। ५७ वर्षीय डिडियर दोस्रो विश्वकप उपाधि लिएर बाहिरिने आशामा छन्। उनले यो विश्वकपपछि राजीनामा दिनेछन्। 

उनीहरुबाहेक धेरै कमाउने प्रशिक्षकमा नेदरल्यान्ड्सका रोनाल्ड कोम्यान, उरुग्वेका मार्सेलो बिएल्सा र अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीको पनि नाम आउँछ। उनीहरुले समान प्रतिवर्ष २.६१ मिलियन पाउन्ड कमाउँछन्।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी लगातार दोस्रो विश्वकप उपाधि उचाल्ने दाउमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad