राजनीति


नेपाललाई विश्व शान्ति केन्द्र बनाउन ५ बुँदे संकल्प प्रस्तावमा हस्ताक्षर

नेपाललाई विश्व शान्ति केन्द्र बनाउन ५ बुँदे संकल्प प्रस्तावमा हस्ताक्षर

नेपालखबर
चैत २४, २०८० शनिबार २०:२१, काठमाडौँ

नेपाललाई विश्व शान्तिको केन्द्र बनाउन राजनीतिक दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन्।

शनिबार लुम्बिनीमा प्रधानमन्त्री प्रचण्डसहित सबै दलका शीर्ष नेताहरुले लुम्बिनी संकल्पपत्रमा हस्ताक्षर गरेका हुन्। 

जीवन विज्ञान प्रतिष्ठानकाअध्यक्ष देवी शर्माले प्रस्ताव गरेको सङ्कल्पपत्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री जोखबहादुर महरा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेका छन्।

त्यस्तै सांसद तथा जनमतका महामन्त्री चन्दन सिंह, सांसदहरु वासुदेव घिमिरे र सुरेन्द्र पाण्डे, लुम्बिनीका प्रमुख सचिव राधिका अर्याल, प्रशिक्षक एलपी भानु शर्मा र रमेश नेपालले हस्ताक्षर गरेका छन्।

संकल्प प्रस्तावमा योगभूमि, ज्ञानभूमि, बुद्धभूमि, तपोभूमि नेपाललाई मैत्रीभाव, समानता र शान्तिको प्रवर्द्धन गरी नागरिकको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म, लिंग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रको रूपमा रुपान्तरित गर्दै नेपाललाई विश्वशान्तिको केन्द्र ९वर्ल्ड पीस सेन्टर०को रूपमा विकास गर्ने सङ्कल्प गरिएको छ।

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक पुनर्संरचनामा सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .