राजनीति


विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
असार १८, २०८३ बिहिबार १४:४०, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

बिहीबार विशेष अदालत, काठमाडौँले पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि सात दिन र तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। 

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि बिहीबार अदालतमा पेस गरेको थियो। विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको हो। 

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभागले पौडेलविरुद्ध अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad