ad ad

राजनीति


प्रतिनिधि सभामा कांग्रेस र राप्रपाको अवरोध, वैशाख २ सम्मलाई बैठक स्थगित

प्रतिनिधि सभामा कांग्रेस र राप्रपाको अवरोध, वैशाख २ सम्मलाई बैठक स्थगित

तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
चैत २८, २०८० बुधबार १३:१२, काठमाडौँ

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेका छन्।

बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक र विशेष समयमा सांसदहरूले बोलिसकेपछि कांग्रेस र राप्रपाले अवरोध गरेका हुन्।

दुई दलले बैठकमा उभिएर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले पटक पटक अघि बढाउन आग्रह गरे।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति माग गरिरहेको छ।

अर्कातिर राप्रपाले मंगलबार भएको प्रदर्शनका क्रममा दमन गरेको भन्दै लामिछानेको राजीनामा माग गर्दै संसद्‍मा अवरोध गरेको हो।

दुई दलको अवरोधपछि सभामुख घिमिरले बुधबारका लागि तय गरिएका कार्यसूची सबै हटाए। त्यसपछि उनले बैठकको अवरोध नहटेको भन्दै वैशाख २ गतेसम्मलाई प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .