राजनीति


प्रदेश २ का मुख्यमन्त्रीलाई नेकपाले बुझायो ८ बुँदे ज्ञापनपत्र

प्रदेश २ का मुख्यमन्त्रीलाई नेकपाले बुझायो ८ बुँदे ज्ञापनपत्र

नेपालखबर
फागुन ५, २०७६ सोमबार ८:३२,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सभा संसदीय दल प्रदेश २ का सांसद तथा प्रतिपक्षी नेता सत्यनारायण मण्डलले मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदै ज्ञापनपत्र बुझाएका छन्।

प्रदेश सरकारको २ वर्ष पूरा भए पनि सरकारले विनियोजित बजेट खर्च गर्न नसकेको, विकास खर्च अत्यन्त न्यून भएको, विकास योजनाको रातो किताब प्रकाशन गर्न नसकेकोलगायतका विषय उठाउँदै नेकपाले ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा समयमा भुक्तानी नगर्दा सरकारकै कारण प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएको, सरकारले विनियोजन गरेको विकास निर्माण कार्यक्रम सार्वजनिक नगरेको, संघीय सरकारले हस्तान्तरण गरेको जनता आवास कार्यक्रममा ढिलासुस्ती र अपारदर्शी भएको आरोप लगाइएको छ।

त्यस्तै, प्रदेश सरकारले पालिकालाई दिने सशर्त अनुदानको योजना, सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यले सिफारिस गरेको योजना कार्यान्वयन गर्न माग गरिएको छ। त्यस्तै, सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट किसानका लागि प्रदान गरिने अनुदान कार्यविधि तयार गरी निष्पक्ष र पारदर्शी रुपले वास्तविक किसानलाई वितरण गर्न र किसानको कृषि सिँचाइ, मलखादको व्यवस्था गर्न माग गरिएको छ।

प्रदेश सरकारले दिने साइकल वितरण, छोरी बीमालगायतका कार्यक्रम पनि एकपक्षीय र पूर्वाग्रही भएको आरोप लगाइएको छ। वनको चोरीनिकासी बढेको, खोलामा अनधिकृत रुपमा नदीजन्य पदार्थको दोहन भएकोले नियमनको माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad