कारोबार


गरिमा धानको कमसल बीउ बेच्ने १५ कम्पनीमाथि कारबाही

गरिमा धानको कमसल बीउ बेच्ने १५ कम्पनीमाथि कारबाही

नेपालखबर
फागुन ५, २०७६ सोमबार ८:१८,

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारेको छ। माघसम्म विभागले उपत्यकामा र उपत्यकाबाहिरका गरी कुल १ हजार १ सय ६४ वटा फर्मको अनुगमन गरेको हो।

सो अनुगमनपछि कुल १ करोड ७ लाख ८२ हजार रुपैयाँ जरिवाना तिराइएको छ। विभागको ३ सय ५३ वटा टोलीले उक्त अनुगमन गरेको हो। उपत्यकामा ९ सय ८९ वटा र उपत्यकाबाहिर १ सय ७५ वटा कम्पनीको अनुगमन गरेको विभागले जनाएको छ।

सो क्रममा कुल १ करोड ५३ लाख ६६ हजार ९ सय ८८ रुपैयाँको वस्तु नष्ट गरिएको छ। उपत्यकाभित्र १ करोड ५२ लाख ८४ हजार १ सय ९० रुपैयाँबराबरको र उपत्यकाबाहिर ८२ हजार ७ सय ९८ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको हो। यसबीचमा २ वटा मुद्दा दायर र १८ वटा नमूना परीक्षण गरिएको विभागको भनाइ छ।

यी हुन् गरिमा धानको कमसल बीउ बेच्ने कम्पनी
अनुगमनमा दोषी पाइएपछि सनराइज एग्रिकल्चर रिसर्च प्रालि दाङलाई ३ लाख, तनहुँ बीज भण्डारलाई २ लाख जरिवाना गराइएको छ। दुवै कम्पनीविरुद्ध गरिमा धानको बीउ भनी कमसल धानको बीउ आयात गरेर बिक्री गरेकोमा उक्त जरिवाना गराइएको हो।

त्यस्तै, जमिन बीज भण्डार कपिलवस्तु, घिमिरे एग्रोभेट कपिलवस्तु, लालीगुराँस एग्रोभेट सेन्टर दाङ, स्वर्गद्वारी एग्रि नेपाल दाङ, जनता एग्रोभेट दाङ, मुनाल एग्रोभेट कन्सर्न बाँके, सृजना भेट सेन्टर बर्दिया, शिखा एग्रो सेन्टर बर्दिया, खुसीराम भेटरिनरी सेन्टर बर्दिया, लोहनी एग्रोभेट सेन्टर बर्दिया, आरएच एग्रोभेट कैलाली, किसान एग्रोभेट सेन्टर कैलाली, प्रशान्त एग्रोभेट सेन्टर चितवनलाई प्रतिकम्पनी २ लाख जरिवाना गराइएको हो। उक्त १५ कम्पनीविरूद्ध गरिमा धानकाे कमसल बीउ बेचेकाे भन्दै विभागले कारबाही गरेकाे हाे। 

त्यस्तै, सुलु भेट सेन्टर बर्दियालाई र तेजल एग्रोभेट दाङलाई कारोबार स्थलमा खरिद बिल नराखेकाले २० हजार जरिवाना गराइएको छ।

त्यस्तै, साउन १ देखि फागुन ४ सम्म विभागमा प्राइभेट फर्म, साझेदारी फर्म, एजेन्सी र कम्पनी गरी ६ हजार ५ सय ४८ वटा कम्पनी दर्ता भएका छन्।

अन्य प्रशासनिक कारबाही ७ हजार ३ सय ५६ वटा समेतबाट ७ करोड २ लाख ११ हजार ८ सय ९९ रुपैयाँ राजस्व जम्मा भएको छ।

विभागले चालू आवमा १ हजारवटा व्यापारिक फर्महरुको अनुगमन गर्ने लक्ष्य राखेको थियो सो क्रममा माघ मसान्तसम्ममा १ हजार १ सय ६४ वटाको अनुगमन गरेको छ। विभागले वार्षिक लक्ष्य पुनरवलोकन समेत गरेको छ। सुरुको लक्ष्यभन्दा दोब्बर अथाृत् २ हजारवटाको अनुगमन गर्ने भएको छ। चालू आवको हालसम्म विभागले कुल १४ करोड ६६ लाख राजस्व संकलन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad