ad ad

राजनीति


लामो समय रोकिएको गैरआवासीय नेपाली संघको दर्ता अन्तत: नवीकरण

लामो समय रोकिएको गैरआवासीय नेपाली संघको दर्ता अन्तत: नवीकरण

नेपालखबर
चैत ३०, २०८० शुक्रबार १२:२५, काठमाडौँ

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को दर्ता नवीकरण गरेको छ। 

मन्त्रालयअन्तर्गतको नीति, योजना, विकास, कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाले संघको दर्ता नवीकरण भएको जानकारी दिएको छ। 

गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ को दफा १६ र गैरआवासीय नेपालीसम्बन्धी नियमावली २०६६ को नियम १२ मा व्यवस्था भएबमोजिम यही चैत २३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री स्तरको निर्णयबाट संघको दर्ता नवीकरण भएको मन्त्रालयले जनाएको छ। 

यसअघि तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले संघको दर्ता नवीकरण रोकेका थिए। पछिल्लो सत्ता समीकरणसँगै परराष्ट्रमन्त्री बनेका नारायणकाजी श्रेष्ठले चाँडै नवीकरण गर्ने वचन दिएका थिए। 

परराष्ट्र मन्त्रालयमा बिनाकारण दर्ता नवीकरण रोकिएपछि यो विषय अदालतसम्म पुगेको थियो। यसमा उच्च अदालत पाटनले गत फागुन २ मा तत्काल नवीकरण गर्न परमादेश जारी गरेको थियो। 

एनआरएनएले गत भदौ ८ गते नै सबै प्रक्रिया पूरा गरी आवश्यक कागजात तथा दस्तुर बुझाइसकेको भए पनि मन्त्रालयले नवीकरण नगरी बिनाकारण फाइल अल्झाएर राखेको भन्दै तत्कालीन अध्यक्ष डा बद्री केसीले उच्च अदालतमा गत पुस ११ मा रिट दायर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .