ad ad

राजनीति


आफ्नो पार्टीमा एक लाख २० हजार नयाँ सदस्य थपिएका एकीकृत समाजावदीको दाबी

आफ्नो पार्टीमा एक लाख २० हजार नयाँ सदस्य थपिएका एकीकृत समाजावदीको दाबी

फाइल तस्बिर


नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १०:०, काठमाडौँ

नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका सो पार्टीले जनाएको छ। 

सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा एक लाख २० हजार नयाँ सदस्य थपिएका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। 

गत फागुन र चैतमा सञ्चालित अभियानमा पार्टीका सबै तहका कमिटी परिचालन गरिएका थिए । साथै महाधिवेशनमा सहभागी हुने सबैको सदस्यता नवीकरण भएको छ। 

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म  काठमाडौँमा गर्ने १०औँ राष्ट्रिय महाधिवेशनको तयारी पनि गरिरहेको छ । महाधिवेशनलाई सफल बनाउन गठित विभिन्न कमिटी क्रियाशील छन्।  

पार्टीको राजनीतिक दस्तावेज, विधान, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेज सम्बन्धित कमिटीमा अध्ययनका लागि पठाइएको सचिव श्रेष्ठले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .