राजनीति


राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेटवार्ता

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेटवार्ता

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १७:१९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ। 

कतारका अमिर शेख तमिम राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए। 

सो भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति वस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम सल्लाहकार सहभागी छन्। 

साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको समेत सहभागिता छ।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर ( राजा )  शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका हुन्।

राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए।

राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट कतारका अमिर शीतल निवास पुगेका हुन्।  

कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो। कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको थियो।  

कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .