राजनीति


उपनिर्वाचन : इलाममा राजावादीको कन्तबिजोग!

उपनिर्वाचन : इलाममा राजावादीको कन्तबिजोग!

इलाम-२ मा राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङ।


नेपालखबर
बैशाख १७, २०८१ सोमबार ८:६, काठमाडौँ

केही समयता मुलुकमा गणतन्त्रविरुद्ध राजावादीहरूको स्वर केही चर्काे सुनिन थालेको छ। समग्रमा तिनको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरिरहेको छ।

उनीहरूको होहल्लाले कतिपयलाई साँच्चै गणतन्त्रवादीको दिन सकिन लागेको त होइन भन्ने भान पनि परिरहेको छ।  

तर इलाम २ मा भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनले राजावादी पार्टी राप्रपाको हैसियत छर्लंग पारिदिएको छ। 

गत शनिबार भएको मतदानको मत गन्ने क्रम जारी छ।

अहिलेसम्म १९ हजार १ सय ८१ मत गनिसक्दा राजावादी राप्रपाले जम्मा ४३ मत पाएको छ। इलाम–२ मा राप्रपाबाट लक्ष्मी गुरुङ उम्मेदवार छन्।  

तर गणतन्त्रवादी दल एमालेले ७ हजार ६ सय ७७ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ५ हजार ३ सय ९५ मत पाएको छ। यस क्षेत्रमा एमालेबाट सुहाङ नेम्बाङ र कांग्रेसबाट डम्बर खड्का उम्मेदवार छन्। 

यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ४ हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बुले १ हजार १ सय ६२ मत प्राप्त गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .