राजनीति


जसपा तीन टुक्रा, तटस्थ समूहले आज गर्दै छ मोर्चा घोषणा

जसपा तीन टुक्रा, तटस्थ समूहले आज गर्दै छ मोर्चा घोषणा

खगेन्द्र माखिम


नेपालखबर
बैशाख २७, २०८१ बिहिबार ९:२२, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा), नेपाल फुटेपछि तटस्थ बसेको समूहले छुट्टै मोर्चा घोषणा गर्ने भएको छ। 

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएर अशोक राईको अध्यक्षतामामा ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भइसकेको छ। 

तर यी दुवै पक्षमा नरही पूर्वलिम्बुवान नेता खगेन्द्र माखिमको समूहले आज पहिचानवादी मोर्चा घोषणा गर्न लागेको हो।

यसअघि माखिमले संघीय लिम्बुवान राज्य परिषद्‌लाई जसपासँग एकता गराएका थिए।

अहिले जसपा फुटेपछि उनले फेरि पहिचानवादी मोर्चा घोषणा गर्न लागेका हुन्। 

अहिले दिउँसो १२ बजे काठमाडौँस्थित रिपोटर्स क्लबमा कार्यक्रम आयोजना गरी मोर्चा घोषणा गरिने जानकारी माखिमले दिएका छन्।  

प्राध्यापक डा. महेन्द्र लावतीले पनि आफू सोही मोर्चामा आबद्ध हुने घोषणा गरेका छन्। 

तटस्थ बस्नेमा अशोक राईसँगै एमाले छाडेर जसपामा आएकाहरू पनि छन्।

जसपाका १२ सांसदमध्ये अशोक राईका पक्षमा ७ र उपेन्द्र यादवका पक्षमा ५ जना बाँडिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .