ad ad

राजनीति


सिरोहियालाई पक्राउ पुर्जीबारे खबर सुन्नासाथ प्रचण्डले रविलाई भनेका थिए– तत्काल त्यस्तो नगर्नू

सिरोहियालाई पक्राउ पुर्जीबारे खबर सुन्नासाथ प्रचण्डले रविलाई भनेका थिए– तत्काल त्यस्तो नगर्नू

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १६:५९, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतबाट मंगलबार बिहान पक्राउ पुर्जी जारी हुँदैगर्दा नयाँ बानेश्वरस्थित संसद् भवनमा सांसदहरू जम्मा हुँदै थिए। 

प्रतिनिधिसभाको ११ बजेका लागि बोलाइएको बैठकका लागि पुगेका सांसदहरूले गाइँगुइँ सुनिहाले। तर, पुष्टि भइसकेको थिएन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सोही बैठकतर्फ गइरहेका थिए। उनलाई कसैले सिरोहियाविरुद्ध अदालतबाट अनुमति लिएर पक्राउ गर्ने योजना रहेको सूचना पु¥यायो। 

उक्त सूचना सुन्नेबित्तिकै प्रधानमन्त्री प्रचण्डले संसद् भवन परिसरमै रहेका गृहमन्त्री रवि लामिछानेलाई भेटे। सो घटनाबारे बुझ्दै उनले अहिले तत्काल पक्राउ गर्नेसम्मको प्रक्रियामा नजान आग्रह गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए अनुसार, प्रचण्डले अहिले तत्काल यस्तो कार्य नगर्न आग्रह गरेका थिए। 

‘प्रकाउ गर्ने अनुमति मागेर त्यहाँ गइँदै छ अरे भन्ने थाहा भइसकेपछि अहिले तत्काल नगर्नू भनेर पीएमले भन्नुभएको हो,’ आचार्यले मंगलबार दिउँसो नेपालखबरसँग भने, ‘अदालतबाटै पक्राउ गर्नू भन्ने आदेश भइसकेपछि प्रहरीले समातेर अदालत पेस गर्नुपर्छ भन्ने प्रहरी अधिकारीहरूबाट पीएमलाई ब्रिफ भएको छ।’

धनुषा जिल्ला अदालतले मंगलबार बिहान सिरोहियालाई नागरिकताबारे विवादमा पक्राउ पुर्जी जारी गरेको थियो। 

सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .