ad ad

राजनीति


संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔँ : सभामुख घिमिरे

संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔँ : सभामुख घिमिरे

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १३:६, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन्। 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाए पश्चात संसदमा बोल्दै सभामुखले घिमिरेले यस्तो आग्रह गरेका हुन्। उनले संसद विधिसंगत रुपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गरे। 

प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नको लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गर्दै सभामुख घिमिरेले संसदको कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्नु आग्रह गरे।

‘सहकारी समस्या समाधान गर्नको लागि कार्यदललाई सहयोग पुर्‍याउनु हुनेछ। संसदले पूरा गर्नुपर्ने राष्ट्रको लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पुर्‍याउनुहुनेछ भन्ने अपेक्षा गरेको छु। संसदलाई विधिसङ्गत ढङगबाट छलफलको केन्द्र बनाऔँ। त्यही अनुसार जानको लागि सम्पूर्ण माननिय सदस्यहरुलाई अनुरोध गर्दछु,’ उनले भने।

सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूची हटाउँदै जेठ १३ गते आइतबार ११ बजे बैठक बस्नेगरी स्थगित गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .