ad ad

राजनीति


आर्थिक शिथिलताले सुसाइडका घटना झनै बढे : आरजु राणा

आर्थिक शिथिलताले सुसाइडका घटना झनै बढे : आरजु राणा

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १४:५०, काठमाडौँ

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले सुरक्षित मातृत्व सेवालाई सरकारले थप व्यवस्थित बनाउन जरुरी रहेको बताएकी छिन्। 

शुक्रबार काठमाडौँमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले आयोजना गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ कार्यान्वयनको अवस्था सम्बन्धि समिक्षा गोष्ठीमा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन्। 

सरकारले निःशुल्क रुपमा दिने सुरक्षित मातृत्व सेवालाई थप व्यवस्थित र सरकारी सबै अस्पतालहरुमा लागू गर्न आवश्यक रहेको बताउँदै उनले पछिल्लो समय सरकारी अस्पतालहरूमा समेत निःशुल्क सेवा भएकाले भीड लाग्ने गरेको भन्दै सुरक्षित मातृत्व सेवा दिन छोडेकोप्रति सरकारका ध्यानाकर्षण गराइन्।

‘पछिल्लो समय युवाहरु सुसाइटका घटनाहरु बढ्दै गएका छन्। अझ आर्थिक शिथिलताले थप घटनाहरु वृद्धि भएको देखिन्छ। यो घटनालाई गम्भिर रुपमा लिएर हेर्नु जरुरी छ। यस्ता घटनाले आगामी आउने पुस्तालाई नराम्रो असर बनाउने देखिएको छ,’ उनले भनिन्, ‘सरकारले दिने सुरक्षित मातृत्व सम्बन्धि सेवा छ त्यो सेवा दिन सरकारी अस्पतालहरुले अफ्ठ्यारो मानिरहेको छ। निःशुल्क सेवा भनेर धेरै जना आउने भनेर सेवा दिन मान्नुभएको छैन।’

सरकारलाई आवश्यक परे महिला समितिबाट निर्देशन दिनुपर्ने समेत बताउँदै उनले पछिल्लो समय युवाहरूमा आत्महत्याका घटनाहरू बढ्न थालेको भन्दै सरकार गम्भिर हुन जरुरी रहेको बताइन्।

सुरक्षित मातृत्व सेवा दिनको लागि सरकारका विभिन्न स्वास्थ्य निकायहरूले अनुदान लिने गरे पनि व्यवस्थित रुपमा काम हुन नसकेको बताइन्। उनले सरकारबाट अनुदान लिने तर सेवा नदिने संस्थाहरुलाई तत्काल सेवा दिन निर्देशनको आवश्यकता रहेको पनि बताइन्। 

‘सरकारको पैसा लिएर सञ्चालन हुने स्वास्थ्य सम्बन्धी निकायहरू छन्। उनीहरूले यो सेवा दिनुपर्छ। सरकारबाट अनुदान लिने तर गर्भवती आमाहरूलाई सेवा दिन्न भन्न पाउँँदैनन्,’ उनले भनिन्, ‘त्यसको लागि महिला तथा सामाजिक मामिला समितिले सरकारलाई निर्देशन दिनुपर्छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको लक्ष्य हासिल गर्न सबै मिलेर अझै प्रयास गर्नुपर्ने देखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .