राजनीति


ओली र प्रचण्डबीच बालुवाटारमा १ घण्टा छलफल

ओली र प्रचण्डबीच बालुवाटारमा १ घण्टा छलफल

नेपालखबर
फागुन १२, २०७६ सोमबार ४:४८,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान झन्डै १ घण्टा छलफल भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र प्रचण्डबीच देशको समसामयिक विषयवस्तुमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार भेटवार्ता सोमबार बिहान करिब १० बजेदेखि ११ बजेसम्म भएको हो।

दुई अध्यक्षबीच देशको समसामयिक राजनीतिक परिस्थिति र पार्टी सञ्चालनका विषयमा छलफल भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए।

तर खास के विषयमा कुराकानी भएकाे हाे भन्ने विषयमा प्रेस सल्लाहकार थापाले खुलाएनन्।

 ‘दुई अध्यक्षबीच अनौपचारिक छलफल हो, त्यस्तो अजेन्डा वा सहमति भन्ने कुरा हुँदैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad