राजनीति


ट्रम्पले भनेः भारतको सेनालाई बलियो बनाउँछौं

ट्रम्पले भनेः भारतको सेनालाई बलियो बनाउँछौं

नेपालखबर
फागुन १२, २०७६ सोमबार ९:०,

अहमदाबादको मोटेरा स्टेडियममा आयोजित ‘नमस्ते ट्रम्प’ कार्यक्रममा बोल्दै ट्रम्पले सोमबार भारतसँग अमेरिकाले अत्याधुनिक रक्षा प्रणाली साझा गर्ने बताए।

ट्रम्पले भारतीय सेनासँग संयुक्त सैन्य अभ्यास दोहोर्याउँदै गरिने बताउँदै अमेरिकाले भारतलाई रक्षा उपकरण दिने बताए।

संयुक्त सैन्य अभ्यासले भारतीय सेना थप मजबुत हुने बताउँदै ट्रम्पले भारत र अमेरिकाले आतंकवादसँग मिलेर लड्ने बताए।

ट्रम्पले अमेरिकाले भारतलाई ३ अर्ब अमेरिकी डलरको अत्याधुनिक हेलिकप्टर बेच्ने विषयमा हस्ताक्षर हुने बताए। सो क्रममा उनले अमेरिका इतिहासमै शक्तिशाली भएको बताए।

उनले आइएसका प्रमुख अल बग्दादीको हत्या आतंकवाद नियन्त्रणको सफल कदम भएको बताउँदै पाकिस्तानसँग आतंकवादसँग लड्न सहकार्य गरिरहेको बताएl

Image result for trump speech in india

उनले दक्षिण एसियामा अमेरिकाले शान्ति चाहेको बताए।

ट्रम्प अगाडिको सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशले सबैभन्दा बढी संयुक्त सैन्य अभ्यास गर्ने मूलुक अमेरिका नै भएको बताएका थिए।

ट्रम्पको दुईदिने भ्रमणका क्रममा भारत र अमेरिकाबीच महत्वपूर्ण व्यापार सम्झौता हुने अनुमान गरिएको छ।

आजै ट्रम्प आग्रा जानेछन्। जहाँ ट्रम्प र मलेनियाले ताज महलको भ्रमण गर्नेछन्। ट्रम्प सोमबार नै दिल्ली पुग्नेछन्।

एएनआइका अनुसार मंगलबार ट्रम्प र मोदीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। ट्रम्पले मोदीसँगै राष्ट्रपति रामनाथ कोविन्द, भारतीय विदेशमन्त्री एस जयशंकर र उपराष्ट्रपति भेनकाय नाइडुसँग पनि भेटवार्ता गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad