राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान विचार भएकाहरू एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन्।
नेपाल जनता पार्टी धीरेन्द्र झा समूहलाई पार्टीमा समाहित गर्दै अध्यक्ष थापाले तराई मधेश क्षेत्रमा पार्टीलाई बलियो बनाउन यो समायोजन महत्त्वपूर्ण कोशेढुङ्गा हुने समेत दाबी गरे।
कार्यक्रममा बोल्दै नेपाल जनता पार्टीका उपाध्यक्ष धीरेन्द्र झाले एजेन्डा स्थापित गर्नको निमित्त कमल थापाको नेतृत्व आवश्यक भएकोले राप्रपा नेपालमा समाहित भएको बताए।
आज आयोजित घोषणा सभामा सहमति पत्रमा हस्ताक्षर समेत भएको राप्रपा नेपालले जनाएको छ।
165
Shares

प्रतिक्रिया