राजनीति


पुस्तकको करबारे अर्थमन्त्रीलाई गगनको जवाफ : हामी पनि तयार छौँ, बहस कहाँ गरौँ?

 पुस्तकको करबारे अर्थमन्त्रीलाई गगनको जवाफ : हामी पनि तयार छौँ, बहस कहाँ गरौँ?

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ५:३७,

नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले पुस्तकमाथि लगाइएको करबारे आफू बहस गर्न तयार रहेको बताएका छन्।

अर्थमन्त्री खतिवडाले बिहीबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा पुस्तक व्यापार भएको र व्यापार गरेर नाफा कमाउने भएपछि कर लाग्ने बताएका थिए। उनले सरकारले ज्ञानमाथि कर लगाएको भन्ने भनाइमा सत्यता नभएको बताएका थिए।

मन्त्री खतिवडाको सोही भनाइको जवाफ दिँदै नेता थापाले आफू पुस्तकमाथिको करका विषयमा बहस गर्न तयार रहेको बताएका हुन्। उनले बहस सदन,  विश्वविद्यालय वा माइतीघर कहाँ गर्ने भन्ने प्रश्न समेत उठाएका छन्।

‘विद्वान अर्थमन्त्रीज्यूले भन्नुभएछ, ‘पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु। मन्त्रीज्यू हामी पनि तयार छौँ। बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा?’ शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा नेता थापाले ट्विट गरेका छन्।

सरकारले पुस्तमाथि कर लगाएपछि त्यसको चौतर्फि रुपमा विरोध हुँदै आएको छ। सरकारले भने पुस्तक पनि व्यवसाय भएको र अन्य व्यवसायजस्तै पुस्तक व्यवसायी पनि नाफा कमाउने भएका कारण कर लगाएको बताउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .