कारोबार


निर्माण उद्योगलाई कोरोनाविरुद्धको अनुदान दिन हङकङ सरकारले खुलायो आवेदन

निर्माण उद्योगलाई कोरोनाविरुद्धको अनुदान दिन हङकङ सरकारले खुलायो आवेदन

मगेन्द्र राई
फागुन १६, २०७६ शुक्रबार ४:४९,

कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत हङकङ सरकारले आफ्नाे मुलुकमा सञ्चालित निर्माण उद्योगहरूलाई अनुदान लिनका लागि आवेदन आह्वान गरेकाे छ।

‘एन्टी-एपिडेमिक फन्ड’अन्तर्गत अनुदान लिन चाहने निर्माण उद्योगहरूलाई हङकङ सरकारले आवेदन खुला गरेको हो। आवेदन आउँदो अगस्ट ३१ सम्म दिन सकिने सरकारले जनाएको छ।

चीनबाट सुरु भएको कोरोना भाइरस अर्थात् कोभिड-१९ संक्रमण हङकङमा पनि फैलिन थालेपछि यहाँको सरकारले त्यसलाई रोक्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

यस क्रममा हङकङ सरकारले विभिन्न निर्माण कम्पनीमा कार्यरत कर्मचारी/श्रमिकहरूको सुरक्षाका लागि कार्यस्थलमा सुरक्षा उपकरण खरिद गर्न अनुदान कार्यक्रम अघि बढाएको हो।

राहत अनुदानअन्तर्गत परामर्शदाता, ठेकेदार र उपठेकेदारहरूलाई प्रतिकम्पनी ५० हजार हङकङ डलर तथा पञ्जीकृत निर्माण श्रमिकलाई प्रतिव्यक्ति १५ सय हङकङ डलर दिने भएको हो।

उक्त योजनाअन्तर्गत हजारौं नेपाली लाभान्वित हुनेछन्। सम्मान इन्जिनियरिङ लिमिटेडका टेक्निकल डाइरेक्टर श्याम इङ्नामका अनुसार हङकङमा झन्डै २ दर्जन नेपाली ठेकेदार कम्पनी तथा करिब १० हजार नेपाली निर्माण क्षेत्रमा कार्यरत छन्।

यी हुन् अनुदान प्राप्त गर्ने योग्यता (श्रमिकका लागि)
–निर्माण श्रमिकका रूपमा निर्माण उद्योग परिषदमा दर्ता भएको हुनुपर्छ।

–साथै २०१९ जनवरी १ देखि २०२० फेब्रुअरी १ सम्मको अवधिमा निर्माण श्रमिक पञ्जीकरण अध्यादेशअन्तर्गत प्रमुख ठेकेदारहरूद्वारा बुझाइएको दैनिक काममा उपस्थित भएको रेकर्ड हुनुपर्नेछ।

आवश्यक कागजात
–निर्माण श्रमिक पञ्जीकरण कार्ड

-सम्पर्क उद्देश्यका लागि मोबाइल फोन नम्बर

-अनुदान स्वत: भुक्तानीका लागि बैंक कार्डको तस्बिर वा बैंक बुकको पहिलो पृष्ठको तस्बिर आदि (कागजातमा बैंकको नाम, खातावालाको नाम र खाता नम्बर स्पष्ट रूपमा देखिनु पर्नेछ 

-बैंक खाता नभएको आवेदकले आफ्नो घर ठेगानामा चेकमार्फत भुक्तानी लिन सक्ने विकल्प छनोट गर्न पाउनेछ। त्यसका लागि आवेदकले उसको बैंक खाता छैन भनेर घोषणा गर्नुपर्नेछ र अनुदान ५-६ हप्ताभित्र भुक्तानी हुनेछ।

-आवेदकले ठेगाना प्रमाणको फोटो प्रदान गर्नुपर्नेछ जुन ३ महिनाभित्र तिरेका पब्लिक युटिलिटीका बिल हुनु पर्नेछ। जस्तै : पानीको बिल, बिजुलीकाे बिल आदि।

कागजातमा स्पष्ट रूपमा आवेदकको नाम र ठेगाना देखिनु पर्नेछ।

कसरी आवेदन दिने?
-आवेदन इलेक्ट्रोनिक माध्यमबाट दिनुपर्नेछ। जुन स्मार्ट फोनद्वारा सजिलै गर्न सकिने छ। त्यसका लागि आवेदकहरूले फोनको एप्स स्टोरमा अनुप्रयोगहरू इलेक्ट्रोनिक माध्यमबाट हुनुपर्छ।

-आवेदकहरूले पहिले सेफ्टी एप डाउनलोड गरेर खोल्नुपर्नेछ। त्यसपछि ‘कन्स्ट्रक्सन इन्डस्ट्री एन्टी-इपिडेमिक फन्ड’ छनोट गर्नुपर्नेछ। त्यसपछि ध्यानपूर्वक नियम र सर्तहरू पढेर ‘एग्री’ थिच्नुपर्नेछ।

-त्यसपछि निर्माण श्रमिक पञ्जीकरण कार्ड नम्बर प्रविष्ट गर्नुपर्नेछ।

-त्यसपछि सम्पर्कका लागि मोबाइल फोन नम्बर प्रविष्ट गर्नुपर्नेछ।

-त्यसपछि बैंक कार्ड, आफ्नो आवासीय ठेगाना भर्नुपर्नेछ।

-ती कार्ड र ठेगानाको तस्बिरसहित अपलोड गर्नुपर्नेछ। ती तस्बिर स्पष्ट देखिने हुनुपर्नेछ। अन्यथा आवेदन सफल हुने छैन र पुनः आवेदन दिनुपर्नेछ।

-प्रविष्ट गरिएका सबै जानकारीको पुनः समीक्षा गरी ‘कन्फर्म’ थिचेपछि र आवेदन प्रक्रिया पूरा हुनेछ। तत्पश्चात् आवेदकले तुरून्तै इमेलमार्फत पुष्टिकरण नम्बर प्राप्त गर्नेछ र सोही दिन मोबाइल फोनमार्फत एसएमएस सन्देश पनि प्राप्त गर्नेछ।

अनुदान कहिले प्राप्त हुन्छ?
-सफलतापूर्वक आवेदन पेस गर्ने आवेदकले अनुदान सामान्यतया २-३ हप्ता भित्र स्वतस् भुक्तानीमार्फत प्राप्त गर्नेछन् भने बैंक खाता नहुने आवेदनकर्ताले ५-६ हप्ताभित्र घर ठेगानामा पठाइएको चेकमार्फत प्राप्त गर्नेछन।

-आवेदन सफलतापूर्वक पेस गर्ने आवेदकलाई अनुदान प्रदान गरेलगत्तै एकचोटि एसएमएसमार्फत सूचना प्राप्त हुनेछ।

honkongnamuna

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .