प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट पाएको दुई तिहाइ विश्वासको मतको सदुपयोग गर्ने बताएका छन्। आइतबार १ सय ८८ सांसदबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै यस्तो बताएका हुन्।
आफ्नो बुद्धि, विवके र क्षमताले भ्याएसम्म मतको सदुपयोग गर्ने बताएका छन्।
‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ। यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु। प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद!’ ओलीले भनेका छन।
ओली संविधानको धारा ७६ (२) अनुसार गत असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए।
87
Shares
प्रतिक्रिया