उत्तर कोरियाले यसवर्ष क्षेप्यास्त्र परिक्षण गरेको यो पहिलो घटना हो। यद्यपी कस्तो प्रकारको क्षेप्यास्त्र हो भनेर थाहा नभएको सेनाले बताएका छन्।
उत्तरले सोमबार क्षेप्यास्त्र सि अफ जापानमा परिक्षण गरेको बताइएको छ। दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने छलफल गरेको केही दिनमै उत्तरले क्षेप्यास्त्र परिक्षण गरेको हो।
इह्वा युनिभर्सिटीका प्रोफेसर लिफ इरिक–इस्लेका अनुसार क्षमता भन्दा कम खतरनाक क्षेप्यास्त्र उत्तरले परिक्षण गरेको छ।
अमेरिकाले उत्तर कोरियामाथि लगाएको अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा गर्न चासो नदेखाएपछि उत्तर कोरियाले सन् २०१९ यता दोहोर्याउँदै क्षेप्यास्त्रहरु परिक्षण गर्दै आएको छ।
सन् २०१८ यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दुई शिखर वार्ता भए। एक अनौपचारिक भेट भयो।
उत्तरले आफूमाथि लागेको प्रतिबन्ध पूर्ण फुकुवा भए सम्झौता भएअनुसार आफूले क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने बताएको छ। अमेरिका भने आंशिक रुपमा विस्तारै प्रतिबन्ध फुकुवा गर्ने पक्षमा छ।
सन् २०१८ देखि २०१९ को फेब्रुअरीसम्म उत्तरले कुनै किसिमको परमाणु हतियार परिक्षण गरेको थिएन। गतवर्ष भियतनाममा भएको दोस्रो शिखर वार्ता असफल भएपछि भने उत्तरले क्षेप्यास्त्र परिक्षण गर्न थालेको छ।
दुवै आफ्नो अडानमा छन्। एजेन्सी

प्रतिक्रिया