आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संक्रमणकालीन न्यायमा भएको सहमति इमान्दारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
बुधबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग एने, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा बोल्दै सांसद साहले सहमतिको स्वागत गरे।
‘संक्रमणकालीन न्यायसम्बन्धी यो विधेयक ढिलै आए पनि राष्ट्रिय सहमतिको साथ आएको छ, म स्वागत गर्न चाहन्छु,’ उनले भने, ‘र यसको इमानदारितापूर्वक कार्यान्वयन होस् भनेर माग गर्न चाहन्छु।’
उनले शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग जोडिने विषय भएकोले अहिले नेपालमा व्यवहारमा त्यस्तो नपाइएको टिप्पणी गरे।
‘शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग सम्बन्धित हुन्छ,’ साहले भने, ‘यदि समाजमा न्याय र समानता भएन भने शान्ति हुनै सक्दैन। जहाँ अन्याय, विभेद र उत्पीडन छ, त्यहाँ शान्तिको परिकल्पना गर्न सकिन्न।’
Shares

प्रतिक्रिया