ad ad

राजनीति


जसपाले भदौ ९ देखि चार महिने जनअभियान सञ्चालन गर्ने

जसपाले भदौ ९ देखि चार महिने जनअभियान सञ्चालन गर्ने

नेपालखबर
साउन ३०, २०८१ बुधबार १८:११, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठक बुधबार सम्पन्न भएको छ।

बैठकले अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक, सांगठनिक एवं जनअभियानको प्रतिवेदन राय सुझावसहित सर्वसम्मतले पारित गरेको जसपाले जनाएको छ।

बैठकले भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा संगठन निर्माण एवं जनअभियानको लागि केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको जनाइएको छ।

यही भदौ ९ गते काठमाडौंमा औपचारिक कार्यक्रम गरी पार्टी अध्यक्ष यादवले जनअभियानको उद्घाटन गर्नेछन्। पहिलो चरणमा यो जनअभियान चार महिनाको लागि मंसिर मसान्तसम्मको लागि तोकिएको छ। 

बैठकले सदन र सडकमा बलियो दख्खल राख्दै संगठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय पनि गरेको छ।

जसपा नेपालको पाँच लाख क्रियाशील सदस्य पुर्याउने गरी केन्द्रीय सदस्य बैठकले पार्टीको लक्ष्य र कार्यदिशा निर्धारण गरेको छ।

बैठकमा अध्यक्ष यादवले आगामी २०८४ को निर्वाचनसम्म सम्पूर्ण पार्टीपंक्ति नेतृत्वलाई संगठन निर्माणमा होमिन निर्देशन दिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .