हाल (बुधबार साँझ) देशभर मौसम साधारणतया बदली (आकाशमा बादल छ।
अनि सबै प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति पनि मौसम देशभर साधारणतया बदली रहने छ।
यस क्रममा बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
72
Shares

प्रतिक्रिया