समाज


एसईईको ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको ग्रेडवृद्धि परीक्षामा ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

फाइल फोटो


नेपालखबर
असार २३, २०८३ मंगलबार ११:४, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

परीक्षामा  सहभागी १ लाख २९ हजार ११४ जना परीक्षार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।

यो कुल सहभागीको ६४.६९ प्रतिशत हो।

बोर्डले यही असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो।  परीक्षा सकिएको १४  दिनमै बोर्डले नतिजा सार्वजनिक गरेको हो।

गत वैशाख २८ गते सार्वजनिक २०८२ सालको एसईई परीक्षामा २ विषयसम्म अनुत्तीर्ण विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए। 

बोर्डले ७ जना परीक्षार्थीको परीक्षा भने रद्द गरेको छ।

सबैभन्दा धेरै ५१ हजार ४३८ विद्यार्थीले २.४० देखि २.८० सम्मको जीपीएसहित उत्तीर्ण भएका छन्।

त्यसैगरी १६ हजार ४६७ जना २.८० देखि ३.२०, १४ हजार ३६२ जना २.०० देखि २.४०, १ हजार १९५ जना ३.२० देखि ३.६०, ४५ जना १.६० देखि २.०० जीपीए प्रप्त गरेका छन्।

परीक्षामा १६ जना विद्यार्थीले ३.६० देखि ४.०० जीपीए प्राप्त गरेका छन्। 

सार्वजनिक नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने बोर्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad