समाज


आज ललितपुरसहित २४ जिल्लामा बाढीको जोखिम

आज ललितपुरसहित २४ जिल्लामा बाढीको जोखिम

नेपालखबर
असार २३, २०८३ मंगलबार ९:४२, काठमाडौँ

हरेक दिनझैँ बाढी पूर्वानुमान महाशाखाले आज मंगलबार पनि कहाँ-कहाँ बाढीको जोखिम छ भन्ने विषयमा जानकारी गराएको छ।

बाढी महाशाखाका अनुसार ललितपुरसहित २४ जिल्ला र त्यसआसपास भएर बग्ने खाेला तथा नदीमा बाढी आउने सम्भावना छ। 

सूचनामा भनिएको छ, आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, ललितपुर, रोल्पा, सल्यान, रुकुम-पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

यो पनि : दिउँसोभन्दा राति ठुलो वर्षाको सम्भावना, कहाँ-कहाँ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad