राजनीति


एकीकृत समाजवादीमा मनोनीत केन्द्रीय सदस्यको शपथ र पदाधिकारी चयनको तयारी

एकीकृत समाजवादीमा मनोनीत केन्द्रीय सदस्यको शपथ र पदाधिकारी चयनको तयारी

नेपालखबर
भदौ ३, २०८१ सोमबार १४:५४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले थप गरेका २ सय ५१ केन्द्रीय सदस्यलाई भदौ ९ गते काठमाडौँमा शपथ गराउने भएको छ।

एकीकृत समाजवादीले उक्त कार्यक्रममा केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ।

महाधिवेशन सम्पन्न भएलगत्तै मनोनित ती सदस्यलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले शपथ गराएपछि औपचारिक रूपमा पदीय जिम्मेवारी तथा संगठनका गतिविधिमा सदस्यलाई क्रियाशील गराइनेछ।

शपथ ग्रहण कार्यक्रमपछि सोही दिन सुरु हुने केन्द्रीय समिति बैठकमा केन्द्रीय विभागका संरचनाको निर्माणका लागि छलफल गरिनेछ। बैठकले पदाधिकारी छनोटका लागि कार्यविधि तथा मापदण्ड बनाउने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए।

पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागेको छ।

बैठकमा क्लस्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा समेत छलफल गरिनेछ। नेताहरूको योगदान तथा कार्यक्षमताका आधारमा पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ।

पार्टीमा ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र चयन भएका छन्।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान र कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने नेता पाण्डेयले बताए।

एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा नपरेका नेतालाई विभिन्न विभागमा व्यवस्थापन गर्न लागेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad