प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट नेपालका लागि प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन गत असोज ४ गते प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेका थिए।
उनी आज बोस्टनबाट कतारको दोहा प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
ओली दोहा हुँदै सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
408
Shares

प्रतिक्रिया