राजनीति


सत्ता छाडेपछि झनै कम्फर्टेबल फिल गरेको छु : प्रचण्ड

सत्ता छाडेपछि झनै कम्फर्टेबल फिल गरेको छु : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १४:४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता छाडेपछि थप कम्फर्टेबल अनुभव गरिरहेको बताएका छन्। 

शुक्रबार काठमाडौँमा आयोजित ‘स्मृतिमा अखिल सर’ पुस्तक विमोचनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘कतिपयलाई फेरि प्रचण्डलाई सरकार छाडेको चिन्ता, पीडा भएको छ भन्छन्। त्यो चाहिँ होइन। विल्कुल होइन,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिले म प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल फिल गरेको छु। रिल्याक्स छु। जनताको बीचमा गएको छु।’

उनले आफूहरूले वर्षौंसम्म लडेर ल्याएको संविधान र अहिलेको सिस्टममाथि नै घात हुने हो कि भन्ने चिन्ता आफूलाई रहेको पनि उल्लेख गरे। 

‘चिन्ता हामीले त्यत्रो संघर्ष र बलिदानबाट ल्याएको संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने चिन्ता पक्कै पनि छ,’ प्रचण्डले भने, ‘जन्मदाताहरूलाई आफूले जन्माएको कुरामा त्यो फिल हुनु स्वभाविक हो। त्यो मलाई छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad