राजनीति


कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान हुँदै

कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान हुँदै

नेपालखबर
मंसिर १६, २०८१ आइतबार ९:२३, काठमाडौँ

काठमाडौँको कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि अहिले उत्साहपूर्वक मतदान भइरहेको छ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नम्बर १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा  वडा नम्बर १ मा नौ र वडा नम्बर ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

नगरप्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का अध्यक्ष  हीरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन्। 

कीर्तिपुरको मेयरमा सत्तारुढ नेकपा एमालेको तर्फबाट सुरेन्द्र मानन्धर र नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad