राजनीति


स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

तस्बिर : सरोज वैजु


नेपालखबर
मंसिर १६, २०८१ आइतबार १८:२, काठमाडौँ

स्थानीय तहको उपनिर्वाचनअन्तर्गत विभिन्न ४१ पदका लागि आज मतदान सम्पन्न भएको छ।

देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदना सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका अनुसार उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।

आयोगले केही बेरअघि विज्ञप्ती निकालेर निर्वाचनमा ६२ प्रतिशत मत खसेको जानकारी दिएको हो।

आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दल दर्ता भएकोमा २० वटाले उम्मेदवारी दिएका थिए।

उनका अनुसार मतदान सम्पन्न भएर सुरक्षित रुपमा मतपेटिका संकलन भएपछि तत्काल मतगणना सुरु गर्न आयोगले निर्देशन दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad