विदेशमा कमाएको रकम आईएमईमार्फत स्वदेश पठाउँदा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आईएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।
जापानको क्योदाइबाट आईएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई टोकियोस्थित नाकानो सिकि नो मोरी पार्कमा शनिबार आयोजित कार्यक्रममा आईएमईले चेक हस्तान्तरण गरेको हो।
नेपालका लागि जापानका राजदूत डा. दुर्गाबहादुर सुवेदी, आईएमई लिमिटेडका तर्फबाट सुशील थापा र क्योदाइ जापानका युचिरो किमोतोले प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरेका हुन्।
चेक बुझेपछि प्रमिलाले आईएमईमार्फत रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट नेपालको कैलालीमा रहेका बाआमालाई घर बनाइदिने योजना बनाएको बताइन्।
गत असोजमा आईएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौँमा सार्वजनिक लक्की ड्रमार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन्।

आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको "आईएमई गरौँ,करोडपति बनौँ" योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो।
आईएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम-आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो। सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए।
आईएमई गरी आईएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी थिए। आईएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो।
आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत पठाउन र रेमिटेन्सलाई उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष आईएमईले विभिन्न अभियान सञ्चालन गरिरहेको बताए।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउनुका साथै डिजिटल माध्यम आईएमई पेमार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्न आईएमईले ल्याएको करोडपति क्याम्पेनमा धेरै सेवाग्राहीको सहभागिताले आफूहरू उत्साहित भएको बताए।
यो वर्ष आईएमईले रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी दिगो अर्थतन्त्रको आधार निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले "आईएमई गरौँ, उद्यमी बनौँ" योजना अघि बढाएको छ।
Shares

प्रतिक्रिया