राजनीति


स्वास्थ्य सेवा सुधारका लागि गरेका निर्णय कार्यान्वयन गर्न बजेटको समस्या हुँदैन : स्वास्थ्य मन्त्री

स्वास्थ्य सेवा सुधारका लागि गरेका निर्णय कार्यान्वयन गर्न बजेटको समस्या हुँदैन : स्वास्थ्य मन्त्री

नेपालखबर
पुस ९, २०८१ मंगलबार १६:४७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न बजेटको समस्या नहुने बताएका छन्।

मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले नयाँ कानुनी प्रबन्ध नगरी पुरानै निर्णयहरुलाई कार्यान्वयन गर्दा आर्थिक भार हुने स्थिति  नरहेको बताए। उनले विगतमा स्वास्थ्य क्षेत्रमा भएका कतिपय निर्णयहरु कार्यान्वयन नभएकाले मन्त्रालयले सम्बन्धित निकायहरुलाई घच्घच्याउने काम गरेको बताए। 

‘स्वास्थ्य क्षेत्रमा थुप्रै समस्याहरु रहेका छन्। यसमा हामीले नयाँ कानुनी प्रबन्ध गरेर केही पनि नयाँ निर्णय अथवा घोषणा गरेको होइन,’ पौडेलले भने, ‘हामीले पुराना कानुनी कुराहरुलाई कार्यान्वयन गर्न खोजेको हो। यो न्यूनतम पारिश्रमिकको कुरादेखि लिएर अन्य जतिपनि हामीले नयाँ घोषणाहरु गरेका छौं, भनेका छौं यो सबै पहिले नै भएका निर्णयहरु हुन्। यी सबै निर्णयहरु कार्यान्वयन भएको स्थिति छैन। यसको कार्यान्वयनका लागि हामीले ताकेता गरेको र सम्झाएको हो। त्यसमा पनि स्रोतको बोझ छैन।’


स्वास्थ्यमन्त्रीले खासगरी १४ वर्षमुनिका बालबालिकाहरुको क्यान्सर उपचार निःशुल्क गर्न औषधिको व्यवस्था गरेको र निशुल्क मृगौला प्रत्यारोपण लगायतका निर्णय कार्यान्वयन गर्दा पनि आर्थिक भार नहुने जिकिर गरे। ‘अहिले आर्थिक भार हुने स्थिति छैन, धेरै आर्थिक भार हुने विषयमा हामीले निर्णय गरेको अवस्था छैन। यो बीचमा स्रोत सुनिश्चित नभएर रोकिने अवस्था पनि छैन,’ पौडेलले भने।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad