राजनीति


एमालेले शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुरसँगै राख्यो विन्दा र उषाको नाम

एमालेले शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुरसँगै राख्यो विन्दा र उषाको नाम

तस्बिर : एमालेको वेबसाइटको स्क्रिनसटबाट


नेपालखबर
पुस १२, २०८१ शुक्रबार २१:४, काठमाडौँ

नेकपा एमालेले नेतृत्वको आलोचना गरेका कारण जिम्मेवारीमुक्त्त गरिएका दुई नेतृको नामलाई आफ्नो आधिकारिक वेबसाइटमा भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुर रायमाझीको नाम रहेको लहरमा राखेको छ।

एमालेको वेबसाइट सीपीएनयूएमल डट ओआरजीमा नेतृत्व शीर्षकको 'सेगमेन्ट'मा क्लिक गर्दा पार्टीका विभिन्न तह र निकायको सूची देखिन्छ। त्यसमा स्थायी समितिका सदस्यहरूको सूचीबाट डा विन्दा पाण्डेको नाम हटाइएको छ। 

त्यस्तै पोलिट्ब्युरो सदस्यको सूचीमा पनि उनको नाम छैन। स्थायी समितिका सबै सदस्य पोलिट्ब्युरोमा पनि रहन्छन्।

तर केन्द्रीय सदस्यको सूचीको पुछारतिर टोपबहादुर रायमाझीको नाम छ। र, उनको नामको मुनि निलम्बन भनेर जनाइएको छ। रायमाझी यसअघि एमालेका केन्द्रीय सचिव थिए। भुटानी शरणार्थी प्रकरणमा उनी पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्। 

निलम्बितको लहरमा एमालेले रायमाझीसँगै डा विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको नाम थपेको छ। तिम्सेना एमालेकी केन्द्रीय सदस्य थिइन्। एमाले सचिवालय बैठकले पाण्डे र तिम्सेनालाई बिहीबार ६ महिनाका लागि निलम्बन गरेको थियो। सोही बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्यबाटै निकाला गरेको थियो।

केही पदाधिकारीले कारबाहीको प्रस्तावमा विमति राखे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेलेरै यो निर्णय गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad