राजनीति


एउटै प्रधानमन्त्रीले ५ वर्ष नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन हुनुपर्छ : महामन्त्री शर्मा

एउटै प्रधानमन्त्रीले ५ वर्ष नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन हुनुपर्छ : महामन्त्री शर्मा

नेपालखबर
पुस १६, २०८१ मंगलबार १८:३०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ५ वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ५ वर्ष संसदमात्रै स्थिर रहने नभई प्रधानमन्त्री पनि ५ वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेकोमा जोड दिए।

‘संसद ५ वर्षसम्म अब कुनै बहादुरले भंग गरेर हुँदैन,’ शर्माले भने, ‘हामीलाई ५ वर्ष स्थिर रहने संसद मात्रै होइन, अब ५ वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहियो। अबको मेलमिलापको बहस त्यहाँ हुनुपर्छ। संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने ठूलो कुरा होइन।’

महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्नेगरी ल्याउनुपर्ने उल्लेख गरे। उनले भने, ‘तीन सिफ्टमा काम गर्नेगरी सरकारले लिएर आओस्। कमरेड केपी ओलीले यसको श्रेय लिनुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad