सर्वोच्च अदालत बार एसोसिएनको नेतृत्व चयनका लागि भएको चुनावको मतगणना सुरु भएको छ।
प्रारम्भिक गणनामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायी संगठनका साझा उम्मेदवार बनेका मेघराज पोखरेलले अध्यक्षमा अग्रता लिइरहेका छन्।
उनले २४६ मत पाउँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत विभिन्न दलनिकट कानुन व्यवसायी संगठनबाट साझा उम्मेदवार बनेका महेशकुमार थापाले १३६ मत मात्रै प्राप्त गरेका छन्।
अहिलेसम्म कुल ४ सय मत गणना हुँदा अन्य पदहरुमा पनि कांग्रेस र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायीको प्यानले नै अग्रता लिएको छ।
सर्वोच्च अदालत बार एसोसिएनको नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको थियो।
Shares

प्रतिक्रिया