राजनीति


एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु

नेपालखबर
पुस २२, २०८१ सोमबार १२:८, काठमाडौँ

नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। 

आजको बैठकमा उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन्। त्यसका लागि प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेटको समय दिइएको छ। 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, 'हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्नुहुने छ,' उनले भने, 'त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad