राजनीति


जनार्दनको प्रस्ताव- पार्टी पदाधिकारीको सम्पत्ति छानबिन स्वतन्त्र उच्चस्तरीय आयोग बनाएर गरौं

जनार्दनको प्रस्ताव- पार्टी पदाधिकारीको सम्पत्ति छानबिन स्वतन्त्र उच्चस्तरीय आयोग बनाएर गरौं

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०८१ मंगलबार १४:३४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका पदाधिकारीको सम्पत्तिको छानबिन एउटा स्वतन्त्र उच्चस्तरीय आयोग बनाएर गर्नुपर्ने प्रस्ताव गरेका छन्। 

माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्दै उनले त्यसो गरेमा पार्टी नेतृत्व र पार्टी दुवैको साख बढ्ने बताए।

‘हाम्रो पार्टीको नेतृत्वले सरकारमा गएर सुशासनको अभियान चलाइरहँदा र अहिले यहाँ सम्पत्ति सार्वजनिक गर्ने र अडिट गर्ने कुरा राखिरहँदा आज सिंगो राजनीतिक नेतृत्वलाई जनताले आमरुपमा भ्रष्टाचारीका रुपमा हेर्ने गर्छन्,’ शर्माले भने, ‘त्यसकारण पदाधिकारीसम्मको सम्पत्तिको छानबिन गर्न एउटा स्वतन्त्र उच्चस्तरीय आयोग गठन गरौं। र, हामी यो आरोपबाट मुक्त हौं र हामीले गल्ती गरेका छौं भने हामी समाप्त पनि हौं।’

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले फागुन १ भित्र सबै केन्द्रीय सदस्यले सम्पत्ति विवरण र आर्यआर्जनको स्रोत खुलाउनुपर्ने प्रस्ताव गरेका छन्।

प्रत्येक पदाधिकारीलाई ३ मिनेटको समय दिएको भए पनि  ‘प्रचण्ड’सँग समय मागेर १३ मिनेट बोलेका शर्माले युद्धमा हुँदा हजारौं सहिद भएको भन्दै अहिले पनि केही हजार सहिद हुन तयार हुनुपर्नेमा जोड दिए।

‘त्यो बेला हजारौं सहिद हुनुभएको छ, अब अर्को हजार सहिद बनौं,’ उनले भने, ‘त्यसले नेतृत्वको, पार्टीको साख उचाइँमा पुग्छ। सुशासनको अभियानलाई अझ सशक्तरुपमा अघि बढाउने नैतिक बल प्राप्त हुन्छ।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad