राजनीति


माओवादीले फेरि माग्यो लेखा समिति सभापतिको राजीनामा

माओवादीले फेरि माग्यो लेखा समिति सभापतिको राजीनामा

नेपालखबर
माघ ८, २०८१ मंगलबार १२:१५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेको छ। 

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभापति पोखरेललाई राजीनामा गर्न आग्रह गरेका हुन्। 

प्रतिपक्षी दललाई लेखा समिति सभापति दिनुपर्ने, सभापतिकी श्रीमति सहकारी ठगी र स्वकीय सचिव ठगीमा संलग्न भएको अभियोगमा मुद्दा खेपिरहेकाले नैतिकताकाे आधारमा राजीनामा दिनुपर्ने तर्क दाहालको थियो। 

उनले नेपालखबरसँग भने, ‘नैतिक हिसाबले पनि सहकारीको सम्बन्धमा, स्वकीय सचिवको कुरा उठेको छ। अर्को, हाम्रो विगतको लोकतान्त्रिक अभ्यासका कारणले पनि छोड्नुपर्छ भन्ने हो।'

यअघिका बैठकमा पनि माओवादी केन्द्रले लेखा समिति सभापतिको राजीनामा माग्दै आएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad