राजनीति


बजेटबारे खानेपानी र अर्थमन्त्रीलाई हर्कले गराए ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र बुझाउने कोसिस

बजेटबारे खानेपानी र अर्थमन्त्रीलाई हर्कले गराए ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र बुझाउने कोसिस

तस्बिर: सरोज नेपाल/नेपालखबर डटकम


नेपालखबर
माघ ८, २०८१ मंगलबार १३:५५, काठमाडौँ

धरानमा आवश्यक खानेपानीका लागि बजेट माग गर्न काठमाडौँ आएका मेयर हर्क साम्पाङले अर्थमन्त्री विष्णु पौडेल र खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवको ध्यानाकर्षण गराएका छन्। 

मंगलबार रित्तो गाग्रीसहित सिंहदरबार छिर्न खोजेका उनलाई प्रहरीले रोकेको थियो। त्यसपछि उनी रित्तै सिंहदरबार छिरेका थिए।

अर्थमन्त्री र खानेपानी मन्त्रीसँगको भेटपछि साम्पाङले खानेपानी आयोजनाका लागि बजेट पाउने आश्वासन पाएको बताए। ‘बजेट शुनिश्चित गरिदिनुपर्छ, खानेपानी जस्तो कुरा हो भनेपछि उहाँहरुले संवेदनशील छौं, यसबारे जसरी पनि गर्छौं भन्ने कुरा गर्नुभएको छ,’ उनले जानकारी गराउँदै भने, ‘मैले मात्रै गरेर भएन, केन्द्र सरकारले पनि गर्नुपर्‍यो। मेरो कार्यकालमा त म जसरी पनि पानी खुवाउँछु, मेरोपछि के हुन्छ भन्ने कुरा हो।’

धराने जनतालाई स्थायी रूपमा खानेपानीको व्यवस्था गर्न कोसीको पानी ल्याउनु पर्ने र त्यसका लागि बजेट छुट्याउनैपर्ने उनको अडान छ।

सरकारले गरेको डीपीआर अनुसार त्यसका लागि ५ अर्ब भन्दा बढी रुपैयाँ लाग्छ। ‘डीपीआर ५ अर्बको छ, म सकरात्मक छु सरकारले काम गर्छ भन्नेमा,’ साम्पाङले भने, ‘सरात्मक हुनुपर्छ।’ 

उनले यसबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पत्र बुझाउने कोसिस गर्ने बताए। ‘प्रधानमन्त्रीज्यूलाई एउटा पत्र बुझाइराख्छु,’ साम्पाङले भने।

आफ्नो प्रयासमा श्रमदान गरेर पानी ल्याएपछि असोजसम्मको आवश्यकता पुरा गर्न सकिए पनि त्यसपछि भने धरानमा पानीको समस्या पर्ने गरेको बताए। 

‘पहिले असोजदेखि दुःख हुन्थ्यो,’ साम्पाङले भने, ‘अहिले चैत, बैशाखदेखि हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad