राजनीति


प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द

प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८१ बुधबार ११:३९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। 

जसले गर्दा बुधबारका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

‘उहाँको घाँटीमा समस्या आएकाले आराम गरिरहनुभएको छ’, स्रोतले नेपालखबरसँग भन्यो, ‘सम्भवतः आजका कुनै कार्यक्रममा सहभागी हुनुहुन्न।’  

एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए।

राति अबेरसम्म काम गर्ने बानी भएका ओली चिसोलगायत कारण अस्वस्थ भएको बताइएको छ। 

अस्वस्थताकै कारण प्रधानमन्त्री ओली सशस्त्र प्रहरी बल २४औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज सशस्त्र प्रहरी बलको हल्चोकस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा पनि सहभागी हुन सकेनन्। 

सशस्त्र प्रहरी बल नेपाल २०५७ माघ ९ गते स्थापना भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad