राजनीति


गड्डाचौकी नाकामा रहेको ‘हेल्थ डेस्क’को निरीक्षण गर्दै मुख्यमन्त्री भट्टले भनेः कोरोना भित्रिन दिँदैनौँ

गड्डाचौकी नाकामा रहेको ‘हेल्थ डेस्क’को निरीक्षण गर्दै मुख्यमन्त्री भट्टले भनेः कोरोना भित्रिन दिँदैनौँ

गोकुल जोशी
चैत ८, २०७६ शनिबार ६:४,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै प्रदेश सरकारले चाल्ने कदममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन्।

शनिबार नेपालको पश्चिमी सीमानाका गड्डाचौकीको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले कोरोना भाइरस संक्रमण भित्रिन नदिन सीमानाकामा गर्नुपर्ने स्वास्थ्य प्रवर्धनमा प्रदेश सरकार पछाडि नहट्ने प्रतिवद्धता व्यक्त गरे।

‘माहामारीको रुप लिएको कोरोनाको संक्रमण फैलिन नदिन प्रदेशले गर्नुपर्ने स्वास्थ्य प्रवद्र्धनमा सरकार लागि परेको छ, अहिले हामीसँग भएको कुरालाई प्रयोग गरेका छौँ’, मुख्यमन्त्री भट्टले भने, ‘अन्य अपुग सामग्रीका लागि संघीय सरकारसँग माग गरेका छौँ, यसमा प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन।’

उनले सीमामा तैनाथ स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुका लागि आवश्यक उपकरण उपलब्ध गराइएको बताउँदै संक्रमण फैलिन नदिन चेकजाँचलाई व्यवस्थित बनाउने उनको बताए।

‘कञ्चनपुर र कैलालीका नाकाबाट अहिले धेरै भित्रिइ रहेका छन्, यसले गर्दा यहाँ तैनाथ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमणको जोखिम छ, यसलाई व्यवस्थित गर्दैछौँ’, उनले भने।

सीमानाकामा अपुग उपकरणहरु खरिदको प्रक्रियामा रहेकाले प्रदेश सरकारबाट उपलब्ध हुने उपकरण एक-दुई दिनमा नै आइपुग्ने प्रतिवद्धता मुख्यमन्त्री भट्टले जनाए।

संघ सरकारसँग समन्वय गरेर अपुग सामग्री थपिने उनको भनाइ छ। कोरोना संक्रमण देखापरेमा तिनलाई व्यवस्थित गर्नका लागि केही ठाउँमा क्वारेन्टाइन र आइसोलेसन वार्ड स्थापना गरिएको मुख्यमन्त्री भट्टले जानकारी दिए।

‘कसैलाई संक्रमण देखापरेमा व्यवस्थित तथा संक्रमण थप फैलिन नदिन केही ठाउँमा क्वारेन्टाइन र आइसोलेसन राखिएको छ, त्यो अपुग भइहाल्छ कि भनेर नयाँका लागि ठाउँ छनौट गर्न थालिएको छ’, उनले भने, ‘अहिले हामीसँग औषधी अभाव छैन।’

शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टसहितको एक टिमले गड्डाचौकी नाकाको अनुगमन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .