ad ad

समाज


कोरोना त्रासले सुनसान बन्दै काठमाडौं, एक दिनमै लाखभन्दा बढी व्यक्ति बाहिरिए

कोरोना त्रासले सुनसान बन्दै काठमाडौं,  एक दिनमै लाखभन्दा बढी व्यक्ति बाहिरिए

नेपालखबर
चैत ८, २०७६ शनिबार ४:२६,

कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासले मानिस धमाधम गाउँ घर फर्किन थालेपछि काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ।

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमण भिनित्र नदिन सरकारले शैक्षिक संस्था, अदालतलगायत कार्यालय बन्द गरेपछि काठमाडौंबाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको हो।

दैनिक हजारौंकाे संख्यामा मानिस बाहिरिन थालेपछि राजधानी काठमाडौं सुनसानजस्तै बन्न थालेको छ।

buspark corona 2a

शुक्रबार मात्रै १ लाख ३० हजार ८२२ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा उल्लेख छ। यस दिन काठमाडौं उपत्यका भित्रिने यात्रुको संख्या भने ६३ हजार ३११ मात्रै छ।

विद्यालय, विश्वविद्यालय, सार्वजनिक सभासम्मेलन, सिनेमा हल बन्द गर्न, २५ जनाभन्दा बढी जमघट नगर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सरकारले आग्रह गरेसँगै उपत्यकामा मानिसको चहपहल स्वाट्टै घटेको छ।

अहिले काठमाडौंका सडक दसैंमा झैं खाली-खाली देखिन्छन् भने मानिसको भिडभाड पनि उति छैन।

ट्राफिक प्रहरीका अनुसार पछिल्ला ३ दिनमा मात्रै ३ लाख २ हजार २ सय काठमाडौंबाट बाहिरिएका छन्।

बिहीबार १ लाख ८ हजार ४ सय ५८ राजधानीबाट बाहिरिएका थिए भने १८ हजार ५ सय ५४ जना भित्रिएका थिए। बुधबार ९५ हजार २ सय ४७ बाहिरिँदा १७ हजार ४ सय ४१ जना काठमाडौं भित्रिएकाे ट्राफिक प्रहरीकाे तथ्यांक छ। 

केही दिनयता काठमाडौं उपत्यकबाट बाहिरिने क्रम बढेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले बताए। 

buspark corona 11a

आफ्नो गाउँ फर्किने मानिसको भिडले यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दसैंको जस्तै चहलपहल देखिएको छ।

बसपार्कमा यात्रुको चाप बढेको छ। लामो दूरीका बस काउन्टरमा टिकट लिनेहरूको लामो लाइन छ।  

शनिबार उपत्यकाबाट बाहिर जाने बस सबै बुक भइसकेको नयाँ बसपार्क काउन्टरले जनाएको छ।

आज शनिबार पनि ठूलो संख्यामा यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।

पर्सि साेमबार‍देखि लामाे दूरीका सवारीसाधन सञ्चालनमा राेक लगाउने सरकारकाे निर्णयसँगै उपत्यकाबाट घर फर्किने क्रम अझ तीव्र बनेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .