राजनीति


दुई तिहाइको सरकार छ भन्दैमा मनलाग्दी गर्न पाइँदैन : राजेन्द्र पाण्डे

दुई तिहाइको सरकार छ भन्दैमा मनलाग्दी गर्न पाइँदैन : राजेन्द्र पाण्डे

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १६:५८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरङ्कुश शासनको झल्को दिएको टिप्पणी गरेका छन्। 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन्। सरकारले वितेको ६ महिनामा केही गर्न नसकेको कारण विकासको ढोका खोल्यौं भन्नको लागि अध्यादेश ल्याइएको उनको आरोप छ। उनले दुई तिहाईको घमण्ड नगर्न सत्तारुढ दलका नेताहरूलाई आग्रह गरे।

‘अहिले सरकारले अध्यादेशको बाढी नै लगाएको छ। अध्यादेश सरकारले ल्याउनै नपाउने होइन। ल्याउन सक्छ। दुईवटा अधिवेशनको बीचमा विशेष आवश्यकता पर्‍यो भने अध्यादेश ल्याउनकै लागि नै संवैधानिक व्यवस्था भएको हो। तर सरकारले केही दिनमै अधिवेशन सुरु हुँदैछ भन्ने जान्दाजान्दै हतारमा किन ल्याउनुपर्‍यो?,' उनले भने, 'दुई वटा पार्टी मिलेर सरकार बनाएका छन्। ६ महिनाको बीचमा राम्रो देखाउन लायक काम केही गर्न सकिएन र अध्यादेशबाट हामीले विकासको ढोका खोल्यौं भन्नको लागि पनि अध्यादेश ल्याउनुप-यो।'

उनले जे पायो त्यही गर्नका लागि दुई तिहाइ हो? सरकारमाथि प्रश्न गरे।  'अध्यादेश ल्याउने परिपाटीले सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी पारेर छलफल गर्ने ठाउँ छैन जसरि पनि पास गर्नुपर्छ भन्ने स्थिति देखिन्छ। यो दुई दल मिलेपछि दुई तिहाई छ भन्नुहुन्छ। जे पायो त्यही गर्नको लागि दुई तिहाई हो ? त्यसो भएको हुनाले दुई तिहाइको घमन्ड नगरौँ पनि भन्न चाहन्छु। तिहाइ छ भन्दैमा जे मन लाग्छ त्यही गर्नु हुँदैन। यो कुराले निरङ्कुश शासनको झल्को देखिन्छ।'

 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad