नेकपा (एकीकृत समाजवादी)को यही माघ २८ गतेदेखि हुने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ।
महासचिव घनश्याम भुसालले बैठकको मिति सारिएको जानकारी दिएका हुन्। स्थगित भएका बैठकहरु आगामी फागुन ६ गतेदेखि सुरु हुने भुसालले बताए।
नेता भुसालका अनुसार अब फागुन ६ गते स्थायी कमिटी, ७ गते पोलिटब्युरो र ८ र नौ गते केन्द्रीय कमिटीका बैठकहरु हुनेछन्।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ।
54
Shares

प्रतिक्रिया