राजनीति


जनतामाथि गोली चलाएर केबलकार बनाउन जरुरत छैन : राजेन्द्र लिङ्देन

जनतामाथि गोली चलाएर केबलकार बनाउन जरुरत छैन : राजेन्द्र लिङ्देन

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०८१ आइतबार १७:६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पाथीभरामा केबलकार बनाउने नाममा ज्यादती गरेको भन्दै त्यसलाई अहिले बनाउन जरुरत नभएको बताएका छन्। 

‘केलबलकार स्थापना गर्ने नाममा जुन प्रकारको ज्यादती सरकारबाट भइरहेको छ, म त्यसको निन्दा गर्न चाहान्छु,’ आइतबार पत्रकार सम्मेलन गरेर उनले भने, ‘म सरकारसँग आग्रह गर्न चाहान्छु–कुनै व्यापारीको फाइदाका लागि, केही राजनीतिक नेताहरूको कमिसनका लागि, केही राजनीतिक नेताको सेयर सुरक्षाको लागि जनतामाथि गोली चलाइ चलाइनकन, जनतामाथि निर्मम दमन गरीकन त्यो केबलकार अहिले बनाउन जरुरत छैन।’

केबलकार निर्माणले स्थानीय मौलिकतामा हानी नगर्ने निश्चित भएपछि मात्रै त्यसलाई अगाडि बढाउनुपर्ने मत लिङ्देनको छ। ‘उनले भने, ‘त्यसले स्थानीय जनतालाई कति फाइदा गर्छ? त्यसले त्यहाँको मौलिकताको सुरक्षा गर्छ कि गर्दैन?त्यहाँको सनातन परम्पारमाथि आक्रमण हुन्छ कि हुँदैन? सनातन परम्पराको सुरक्षा हुन्छ कि हुँदैन?त्यसको विश्लेषण गरेर मात्रै यस्ता विषयहरू अगाडि बढाउनुपर्छ।’

केबलकार निर्माण प्रक्रिया तत्काल रोक्न र आतंकको वातावरण निर्माण गर्न लिङ्देनले सरकारसँग आग्रह समेत गरे। ‘त्यसकारण त्यो केबलकार निर्माण प्रक्रिया तत्काल रोक्न र त्यहाँबाट सुरक्षाकर्मी फिर्ता गरेर सहज वातावरण सहज बनाउन, जनजीवनलाई सहज बनाउन र आतंकको वातावरणको अन्त्य गराउन म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad