राजनीति


देउवाले पोखरामा भने : हामी मिले पार्टीले बहुमत ल्याउँछ

देउवाले पोखरामा भने : हामी मिले पार्टीले बहुमत ल्याउँछ

नेपालखबर
माघ २१, २०८१ सोमबार १४:३८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरू एक भए पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने अवस्था रहेको बताएका छन्। 

पोखरामा सुरु भएको प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा आयोजिन अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीका नेताबीच एकता कायम भए यही निर्वाचन प्रणालीबा बहुमत आउने बताएका हुन्।  

'पार्टीका नेताहरू एक भएर हिँडे अहिलेकै निर्वाचन प्रणालीअनुसार कांग्रेस एक्लैले बहुमत ल्याउन सक्छ,' उनले भने। 

अहिलेको संविधानअनुसार एक्लै बहुमत ल्याउन गाह्रो भए पनि नेताहरू एक हुँदा त्यो सम्भव रहेको उनको भनाइ थियो। 

अहिलेको संविधानले सबैको प्रतिनिधित्व स्थापित गराएको भन्दै उनले पार्टीभित्र एकता नहुँदा चुनौति थपिएको भन्दै चिन्ता व्यक्त गरे।  

‘देशको संविधान, देशको राजनीति समावेशी समानुपातिक व्यवस्थामा आधारित छ। सबैको प्रतिनिधित्व संविधानले गरेको छ,' उनले भने, 'यो व्यवस्था हामीले लडेर ल्याएको हो। तर, आउँदा दिन चुनौतिपूर्ण छन्। संघीय प्रणाली, समावेशी व्यवस्था सदृढ गर्न पनि पार्टीभित्र एकता चाहिएको छ। हामी एक भए असम्भव केही छैन।'

गएको चुनावमा अन्तर्घातले प्रदेशमा ४० र संघमा ३० सिट कांग्रेसले गुमायो : उपसभापति खड्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad