राजनीति


दलहरूले चासो नदिँदा संसद्ले कानुन बनाउन सकेन : सन्तोष परियार

दलहरूले चासो नदिँदा संसद्ले कानुन बनाउन सकेन : सन्तोष परियार

नेपालखबर
माघ २३, २०८१ बुधबार १६:३४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलहरु गम्भीर नहुँदा संसदले कानुन निर्माण गर्न नसकेको बताएका छन्। 

बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद समेत रहनुभएका प्रमुख सचेतक परियारले यस्तो बताएका हुन्। उनले राजनीतिक पार्टीहरूले कानुन निर्माणको विषयलाई गम्भीरताका साथ लिए संसद्ले कानून निर्माण ढिलाई नगर्ने उनको विश्वास छ। 

उहाँले सांसदहरु कै कारण कानून निर्माण सुस्त भएको बताए। संसद् राजनीतिक दलहरूका कारण खन्डित भइरहेको उल्लेख गर्दै राजनीतिक दलहरू यसमा गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ। 

‘संसद्ले कानून बनाउन सकेन भन्ने जुन कुरा छ। कानून निर्माण गर्न कसको कारणले सकेन भन्ने कुरा महत्वपूर्ण हो। संसद् निरपेक्ष छैन। संसद आफैंमा केही पनि होइन,' उनलेल भने, 'संसद्‌मा राजनीतिक पार्टीहरू छन्। राजनीतिक पार्टीहरुले जुन दिन कानुन निर्माणलाई गम्भीरताका साथ लिन्छन् त्यही दिनदेखि संसद्ले कानुन बनाउने कुरामा ढिला गर्दैन भन्ने मेरो विश्वास हो।'

उनले विद्यालय शिक्षा विदेयक समयमै नआउनुमा सांसदहरू दोषी रहेको पनि बताए।  

'विद्यालय शिक्षा विधेयक कसको कारणले आएको छैन? संघीय निजामती विधेयक किन बन्न सकेको छैन,' उनले भने, 'यो सबै राजनीतिक पार्टीका कारणले कानून निर्माण हुन सकेको छैन। त्यो खण्डित छ भने पनि राजनीति पार्टीकै कारणले खण्डित छ । त्यहाँ विमति छ भने पनि राजनीतिक पार्टीकै कारणले बिमति छ। यी कुराहरुमा राजनीतिक पार्टीहरुले मिलायो भने संसद्‌बाट कानुन निर्माणमा ढिलाइ हुन्छ भन्ने लाग्दैन।’

विद्यालय शिक्षासम्बन्धी विधेयक र संघीय निजामती विधेयक आउनमा राजनीतिक दलहरूकै कारण ढिलाइ भइरहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad