नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल सोमबार दिउँसो सुर्खेतको शुभ होटलमा थिए। त्यहाँ एमालेको पार्टीको कार्यक्रममा सञ्चालन भइरहेको थियो। कार्यक्रमस्थलमा रहेका एमाले कार्यकर्ताका अनुसार निर्वाचनमा पराजित हुनुका कारण र अब पार्टीलाइ कसरी पुनर्गठन गर्ने भन्ने विषयमा छलफल भइरहँदा प्रहरी कार्यक्रम भइरहेको ठाउँमा पुगेको थियो।
प्रहरी टोलीको नेतृत्व जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) गरेका थिए। कार्यताहरूका अनुसार 'प्रहरी टोलीले उपाध्यक्ष पौडेललाई सुटुक्कबाट बाहिर निकाल्यो। अनि नियन्त्रणमा लियो।'
एमालेका केन्द्रीय सदस्य रुद्र शाहीले भित्र कार्यक्रम चलिरहेको समयमा सहभागीलाई जानकारी नदिई पौडेललाई बाहिर लगेको नेपालखबरलाइ बताए। 'हामीलाई केही थाहा भएन। कार्यक्रम चलिरहेका बेला एकछिन काम छ भनेर बाहिर लगिएको थियो। त्यसपछि उहाँलाई पक्राउ गरिएको भन्ने जानकारी अहिले मात्र पाएका छौँ,' उनले भने।

शाहीका अनुसार पाैडेललाइ बाहिर निकाल्दा भित्र बैठक चलिरहेकै थियो। सहभागीहरू कार्यक्रममै व्यस्त थिए।
'बैठक अब सकिने बेला भएको छ, हामी अहिले पनि बैठकमै छौँ,' नेपालखबरसँग उनले भने। सरकारले प्रतिशोध साँध्न पक्राउ गरेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पौडेललाई सडक मार्गबाट सुर्खेतबाट नेपालगन्ज लगिएको छ। उनलाई नेपालगन्जबाट काठमाडौं पुर्याउने प्रहरी तयारी छ।
Shares

प्रतिक्रिया